मणिग्राम, २८ भदौ । बाल विवाह न्यूनीकरणका लागि चेतना अभिवृद्धि गरिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । रेडियो लुम्बिनीले वल्र्डभिजन इन्टरनेशनल नेपाल बुटवल क्षेत्र विकास कार्यक्रमको सहकार्यमा मंगलबार रुपन्देहीको मणिग्राममा आयोजना गरेको जिल्ला स्तरीय अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले व्यक्तिमा चेतना नबढ्दासम्म बाल विवाह नरोकिने बताएका हुन् ।
“रुपन्देहीमा बाल विवाहको अवस्था, न्युनीकरणको प्रयास र सरोकारवालाको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रममा सरोकारवाला सरकारी निकायका प्रमुख, गैरसरकारी संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दल, सामाजिक अगुवा तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुले बाल विवाह नियन्त्रणका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
चेतना अभिवृद्धिस“गै कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन सकिएमा बाल विवाह रोकिने अन्तक्र्रियाका सहभागीहरुले बताए । कतिपय अभिभावकले बाल विवाह गैरकानुनी हो भन्ने जान्दाजान्दै आफ्ना छोराछोरीको बाल विवाह गरिदिने गरेकाले त्यस्ता अभिभावकलाई कारवाहीको दायरमा ल्याउन सबैले सहयोग पु¥याउनुपर्ने सहभागीहरुको भनाई थियो । मुलुकी ऐनको विवाहबारी महलमा २० वर्ष पुरा भएपछि मात्र विवाह गर्न सकिने व्यवस्था छ ।
बालबालिका तथा समाज कल्याण मन्त्रालयले निकालेको एक प्रतिवेदनका अनुसार बाल विवाह सबैभन्दा बढी हुने १५ जिल्लामा रुपन्देही पनि पर्दछ । अन्तक्र्रिया कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले कानुन मिच्ने प्रवृत्तिका कारण बाल विवाहका घटना नरोकिएको बताउ“दै बाल विवाह गराउने जोकोहीलाई कारवाही गर्न स्थानीय प्रशासन नचुक्ने प्रष्ट पारे । एकीकृत माओवादीका पोलिटब्यूरो सदस्य रामप्रसाद बञ्जाडेले राजनीतिक परिवर्तनले समेत तराई क्षेत्रमा चेतना जाग्न नसकेको भन्दै अब बाल विवाह हुने लक्षित ठाउँहरुमा चेतना फैलाउनुपर्ने आवश्यकतामा जोड दिए ।
जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गाप्रसाद श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै बाल विवाहका कारण महिलाको स्वास्थ्यमा गम्भीर असर पर्ने बताउ“दै स्वस्थ जीवनका लागि पनि उमेर पुगेपछि मात्र विवाह गर्नुपर्ने बताए । उनले उमेर नपुग्दै बालिकाहरु आमा बन्दा धेरै स्वास्थ्य समस्या आउने बताए ।
महिला अधिकारकर्मी मिनाक्षी न्यौपानेले अर्को कार्यपत्र प्रस्तुत गर्दै नेपालको विवाहित जनसंख्यामध्ये झण्ढै ४९ प्रतिशतले बाल विवाह गरेको तथ्यांक प्रस्तुत गर्दै यसको न्यनीकरण र रोकथामका लागि सरोकारवाला निकायहरु बढी जिम्मेवार बन्नुपर्ने बताइन् । तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ज्ञवालीले सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था र राजनीतिक दलहरुको सामूहिक प्रयासबिना बाल विवाह रोकथाम हुन नसक्ने दावी गरे । रुपन्देहीका प्रहरी प्रमुख बुद्धिराज गुरुङले बाल विवाह हने गरेपनि यससम्बन्धी उजुरी भने पर्ने नगरेको उल्लेख गर्दै समाजमै मिलापत्रमै यस्ता मुद्दा टुंगिने भएकाले बाल विवाह प्रथा अझै विद्यमान रहेको बताए ।
अन्तक्र्रियामा एमाले रुपन्देहीका सचिव तुलसी चौधरी, नेपाली काँग्रेसकी गंगा शाही, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष गोविन्द प्रसाद रेग्मी, वल्र्ड भिजन इन्टरनेशनल बुटवल क्षेत्र विकास कार्यक्रमका प्रवन्धक प्रेमप्रसाद धिताल, रेडियो लुम्बिनीका अध्यक्ष कृष्ण अर्याल, स्टेशन म्यानेजर इन्दिरा अर्याललगायतले बाल विवाहमा परेका बालबालिकाको संरक्षण राज्यले गर्नुपर्ने बताउँदै चेतना अभिवृद्धिले मात्रै बाल विवाह न्युनीकरणमा सहयोग पुग्ने धारणा राखेका थिए ।