जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा कैलालीको धनगढीमा थरुहट÷थारुवानले यही असोज २० गते गर्ने भनिएको विरोध सभामा डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रमको जानकारी आएको परिपे्रक्ष्यमा जिल्लाको शान्तिसुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको वर्तमान अवस्थामा डा भट्टराईलाई कुनै पनि कार्यक्रममा सहभागी नहुन र नआउन गृह मन्त्रालयमार्फत जानकारी गराउने निर्णय गरेको जनाइएको छ ।
अखण्ड पक्षधर र थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिबीच आपसी सद्भाव र मेलमिलाप कायम भइनसकेको र दुवै पक्षबीचको सम्बन्धमा अझै सुधार हुन नसकेको हुँदा जुनसुकै समयमा जस्तोसुकै घटना घट्नसक्ने अवस्था रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
टीकापुरमा गत भदौ ७ गते थरुहटको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा परी आठ प्रहरी र एक बालकको ज्यान गएपछि स्थानीय प्रशासनले सदरमुकाम धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भए पनि थरुहट÷ थारुवान पक्षधरले असोज २० गते विरोधसभा र प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् ।