बालदिवशमा इनरह्लि क्लवको रचनात्मक कार्यक्रम

1.3K

बालदिवशमा इनरह्लि क्लवको रचनात्मक कार्यक्रम

14359770_1751717518411603_1537575245_o
बुटवल, भदौ । इनरह्लि क्लव अफ बुटवलले बाल दिवशको अवसरमा शैक्षिक सामाग्रि बितरण गरेको छ । क्लवले मायादेवि जनजागृति प्रबि बुटवल १३ न्यु दुर्गानगरका बालबालिकालाई शैक्षिक र खेलकुद सामाग्रि बितरण गरेको हो ।

क्लव अध्यक्ष शशि श्रेष्ठले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुड्ड र प्रध्यानाध्यापक माधव लोहनीलाई सो सामाग्रि हस्तान्तरण गर्नुभयो । कपि, पेन्सिल, भलिवल, क्रिकेट व्यट, व्यमिन्टन लगाएतका सामाग्रि क्लवले सहयोग गरेको हो । कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्षा गुरुड्डले सहयोगले बिद्यालयमा अध्यनरत बाबालिकाको शैक्षिक बिकाशमा सययोग पुग्ने भनाई राख्नु भयो ।

सरकारी स्तरबाट पर्याप्त शिक्षक र भौतिक संरचना निर्माण नहुदा अभावमा बिद्यालय संंचालन गर्न कठिनाई भईरहेको भन्दै गुरुड्डले गरिब बिपन्न परिवारका छोराछोरी अध्यन गर्ने बिद्यालयमा सामाजिक संघ संस्थाको सहयोगले बिद्यालय संचालनमा हौसला थप्ने बताउनुभयो । बिद्यालयमा ४५ जना बालबालिका अध्यनरत छन् ।

बिद्यार्थिको शैक्षिक बिकाशमा क्लवले आगामि दिनमा पनी निरन्तर सहयोग प्रदान गर्ने क्लवकी अध्यक्ष शशि श्रेष्ठले प्रतिबद्धता गर्नभयो । कार्यक्रममा ईनरह्लि डिस्ट्रिक ३५० आईएसो समिरा ध्वजु, बिद्यालका प्रध्यानाध्यापक माधव लोहनी, इनरह्लि क्लव अफ बुटवलकी पुर्व अध्याक्ष भारति जोशी, शैक्षिक सामाग्रि हस्तान्तरण कार्यक्रम संयोजक बुलबुल श्रेष्ठले भनाई राख्नुभएको थियो । कार्यक्रमको संचालन कलवकी सचिव मुना जोशीले गर्नुभएको थियो ।

यता बुटवल महिला जेसीज बुटवलले जेसीज सप्ताह अन्र्तगत बुधवार शैक्षिक सामाग्रि बितरण गरेको छ । राष्ट्रिय बालदिवशको अवसरा पारेर क्लवले शैक्षिक सामाग्रि बितरण गरेको हो । बुटवलमा रहेको तिलोत्तमा माविका १० जना बालबालिकालाई सो सामाग्रि बितरण गरिएको बुटवल महिला जेसीज अध्यक्ष मञ्जु भुषालले जनकारी दिनुभयो । क्लवकी अध्यक्ष मञ्जु भुषालले बिदयालयका प्रध्यानाध्यापक ईश्वरी प्रसाद रेग्मीलाई शैक्षिक सामाग्रि हस्तान्तरण गर्नुभयो ।