विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान

1.3K

विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान

school

मणिग्राम, २९ भदौ । नेपाल भारत मैत्री संघ मणिग्राम शाखाको आयोजनामा आज एक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वार्डनम्बर–११ स्थित भद्रकाली आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको हो ।

मैत्री संघको केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सिद्धार्थ अग्रवालले बाल दिवसका अवसरमा मणिग्राम शाखाले अनुकरणीय काम गरेको बताउनुभयो । सोही अवसरमा विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवर, समाजका केन्द्रीय पदाधिकारीहरू बासुदेव रिमाल, उमापति न्यौपाने लगायतले सामुदायिक विद्यालयको उन्नतिका लागि समुदाय नै लाग्नुपर्ने बताउनुभयो ।

संघका मणिग्राम शाखा उपाध्यक्ष डोलराज पाण्डेयको अध्यक्षता तथा सह–सचिव गिरिराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष बुद्धिसागर न्यौपाने, राममणि बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख जगन्नाथ बस्याल, संघका सदस्य धु्रवकुमार धिताल, तिलोत्तमा नगरपालिकाका वार्डसचिव हरिप्रसाद खतिवडा, ज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक सूर्यमणि पाण्डेय लगायतले बोल्नुभएको थियो ।

विद्यार्थीलाई मिठाई बाँडेर उद्घाटन गरिएको कार्यक्रममा झोला, कापीहरू, पेन्सिल, दप्ती लगायतका सामाग्री प्रदान गरिएको संघका कोषाध्यक्ष उमेशकुमार शाहीले जानकारी दिनुभयो ।