विद्यार्थीको सहयोग आश्रमलाई

1.3K

विद्यार्थीको सहयोग आश्रमलाई

बुटवल, २९ भदौ । लुम्बिनी बाणिज्य क्याम्पसमा रहेको विद्यार्थीहरुको क्वालिटी सर्कलले बाल दिवसको अवसर पारेर शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेको छ ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुबाट आर्थिक संकलन गरि खरिद गरिएका शैक्षिक सामग्री, खाद्यान्न तथा खेलकुदका सामग्री नेपाल अपाङ्ग आश्रममा आश्रित बालबालिकालाई प्रदान गरेको हो । उक्त शैक्षिक सामग्री बुटवल–१३ नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोलबहादुर रामदामलाई विद्यार्थीहरुले  प्रदान गरेको हुन् ।

कार्यक्रममा लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा.ईश्वर गौतमले बिद्यार्थीहरुले स्वतह स्फूर्तरुपमा आर्थिक संकलन गरि आश्रममा रहेका बालबालिकाहरुलाई आवश्यक पर्ने सामग्री प्रदान गरेर उदाहरणीय कार्य गरेको प्रशंसा गर्नु भयो ।

आश्रमका  अध्यक्ष डोल बहादुर रामदामले विद्यार्थीले गरेको सानो सहयोग भएपनि आश्रमका लागि ठुलो र महत्वपुर्ण भएको उल्लेख गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गर्नु भएको थियो ।

कार्यक्रम संयोजक मोहन पौडेलको अध्यक्षता एबम पारस रासकोटीको संचालनमा भएको कार्यक्रममा बिद्यार्थीहरु अमृत भुसाल, पुष्पा गोदार, अनन्त आचार्य, जमुना भुर्तेल, दिपेन्द्र चौधरी, गुन बहादुर श्रेष्ठ लगायतले भनाई राख्नु भएको थियो ।