बुटवल, २९ भदौ । प्रेस चौतारी नेपाल रुपन्देहीले अक्षयकोषको निर्देशिका पारित गरेको छ । अक्षयकोषको रकमबाट श्रमजीवि पत्रकारहरुलाई सम्मान गरिने चौतारीले जनाएको छ ।
त्यस्तै बैठकले संगठनको नीति, कार्यक्रम, सांगठनिक संरचना लगायतका बारेमा सदस्यहरुलाई जानकारी दिन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले प्रेस चौतारी नेपाल रुपन्देहीको कार्यसमिति सदस्यमा पत्रकार प्रकाश गौतमलाई मनोनयन गरेको छ ।
बैठकलार्ई सम्बोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारीले श्रमजीवी पत्रकारहरुको हकहितका लागि नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए । उनले संविधान कार्यन्वयनमा संचारकर्मीहरुको महत्वपूर्ण भुमिका हुने भन्दै त्यसतर्फ ध्यान केन्द्रित गर्न निर्देशन दिए ।
प्रेस चौतारीले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दि“दै उनले पत्रकारहरु सिर्जनशील हुनुपर्ने बताए । बैठकलाई संगठनका पूर्व केन्द्रीय अध्यक्ष बालकृष्ण चापागाई, महासचिव राजेश राई, केन्द्रिय सचिव भरत केसी, एमाले केन्द्रीय प्रचार विभाग सदस्य डि.आर. घिमिरे, संगठनका केन्द्रीय सदस्य प्रदिप आचार्य, यम राना, सल्लाहकार शेरबहादुर केसी, बसन्तराज पोखरेल, दिनेश पाण्डे लगायतले सम्बोधन गरेका थिए ।
बैठक जिल्ला अध्यक्ष अमृत गिरीको अध्यक्षता, उपाध्यक्ष लक्ष्मण पौडेलको स्वागत र सचिव धिरज पौडेलको संचालनमा सम्पन्न भएको हो ।