
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ४१६१ नम्बरको बस रेसुङ्गा नगरपालिका नजिकै उर्लेनी भन्ने स्थानमा दुर्घटना भएको हो ।
बुटवलदेखि खुल्मीको तम्घास जाद्यै गरेको उक्त बस दुर्घटनामा परि एक बच्चा र चार पुरुषको मृत्यु भएको हाम्रा संवाददाताले बताएका छन । दुर्घटनाा हुनुको कारण भने खुल्न सकेको छैन । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।