संविधानको विरोधमा कार्यक्रम

530

संविधानको विरोधमा कार्यक्रम

बुटवल, ३० भदौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) जिल्ला समिति,रुपन्देहीले असोज ३ गते बुटवल र भैरहवामा संसदीय व्यवस्था,सरकारको भण्डाफोर र संविधानको विरोधमा कार्यक्रम गर्ने भएको छ ।

पार्टी केन्द्रीय समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अनुसार पार्टीले रुपन्देहीको बुटवल र भैरहवामा कार्यक्रम गर्ने भएको हो । पार्टी,रुपन्देही जिल्ला कार्यालयको आज बुटवलमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको हो । यस्तैं पार्टीले असोज १ गतेदेखि कार्तिक मसान्तसम्म दुई महिने विशेष आर्थिक अभियान (कुपन अभियान)चलाउंने भएको छ ।

पार्टीले ७५ वटैं जिल्लामा कुपन अभियान चलाउंने भएको हो । संसदीय व्यवस्था र सरकारको भण्डाफोरसंगैं पार्टीले कुपन अभियान चलाउंने जनाएको छ ।

विशेष आर्थिक अभियानका साथमा पार्टीले संगठन निर्माण र सुदृढाीकरण अभियानलाई पनि अगाडि बढाएको जनाएको छ । यस क्रममा पार्टीले भोली रुद्रपुर र असोज १ गते युवाको गजेडीमा गाउं सम्मेलन गर्ने र समिति निर्माण गर्ने नेता के.जी.कुमार पौडेलले जानकारी दिनुभयो ।

यस्तैं पार्टीले जिल्लाका नगर,गाउं र वडासम्म समिति निर्माण गर्ने कार्य अगाडि बढाइएको पौडेलले बताउंनुभयो ।