काठमाडौं । सुशील कोइरालाले पुनः प्रधानमन्त्री बन्नका लागि पार्टी बाहिर लबिङ गरिरहेका बेला कांग्रेसभित्रै उनको निरन्तरता नचाहने समूह संगठित बन्न थालेको छ ।
कांग्रेसकै नेतृत्वमा सरकार बनाउने तर सुशील कोइरालाले छाड्नुपर्ने दाबी शेरबहादुर देउवा पक्षको छ । देउवाका निकटस्थ मानिने प्रभावशाली केन्द्रीय सदस्य तथा सांसद बालकृष्ण खाँडले सबैलाई मिलाउन सक्ने भएकाले अब देउवा प्रधानमन्त्री बन्नुपर्ने बताए ।
खाँडले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमतिबारे पार्टीमा जानकारी नभएको भन्दै त्यस्तो सहमति भएको हो भने नेताहरुले जानकारी दिनुपर्ने बताए । खाँडले भने९ओलीलाई बनाउने सहमति भएको हो भने पार्टीमा टेबल गर्नुपर्छ, वचन दिएको हो भने पालना गर्नुपर्छ ।’
ओली हुनुहुँदैन भन्ने धारणा नरहेको बताउने खाँडले कोइरालाचाहिँ अब दोहोरिन नहुने प्रष्ट पारे ।