बुटवल । लायन्स क्लवले सोमबार बुटवलमा गरेको बृहत रक्तदान कार्यक्रममा ३ सय बढीले रक्तदान गरेका छन ।
निश्वार्थ भावले सेवा गरौं भन्ने मुल नाराकासाथ रक्तदान प्रति उत्प्रेरणा जगाउन यस क्षेत्रमा कृयालिश लायन्स, लायनेस तथा लियो क्लवले संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम गरेका थिए ।
लायन्स डिष्ट्रिक ३२५ बि २ को आह्वान तथा यस क्षेत्रमा कृयाशिल ३० वटा लायन्स, लायनेस र लियो क्लवको समन्वय तथा लायन्स क्लव अफ बुटवलको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पास्ट डिष्ट्रिक गभर्नर अरुणप्रताव राणा, बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुबबहादुर खड्काले रक्तदान मानिसको जिवन संग जोडिएको सेवाभाव काम भएकाले सबैले सहयोग र निरन्तर रक्तदान गर्न सके सबैकालागि राम्रो हुने बताउनु भयो ।
लायन्स क्लव अफ बुटवलका अध्यक्ष कदरबहादुर रायमाझीको अध्यक्षता र सचिव लोकप्रसाद खरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।