रेनुका गिरी/
बुटवल, ३१ भदौ । रुपन्देहीको बोधवार गाँउ विकास समिती असोज ७ गते खुल्ला दिसा मुक्त गाविस घोषणा हुने भएको छ । रुपन्देहीको बोधवारलाई खुल्ला दिसा मुक्त, गाबिस घोषण गर्ने अभियान स्वरुप शुक्रबार अनुगमन गरिएको छ ।
खानेपानी महासंघका अध्यक्ष ध्रुव कुमार धितालको संयोजकमा भएको अनुगमनमा जिल्ला वास सल्लाहकार अजय कुशवाह, जिल्ला विकास समिती खानेपानी प्राविधिक केशव भट्टराई , खानेपानी प्राविधिक इश्वरी प्रसाद आचार्य, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रतिनिधी अनुराधा झा, विजय बहादुर चौधरी लगायतको समुहले अनुगमन गरेको हो ।
बोधवार गाविस अन्तर्गतका १ हजार २ सय ७५ घरधुरीको अनुगमन गरिएको छ । जस अनुसार १ हजार १२ सय ५२ घरधुरीहरुमा शौचालय प्रयोग गरिएको र २३ घरधुरीहरुमा शौचालय निर्माणाधिन रहेका छन् ।
भिवास सिसिका अभ्यक्ष विष्णु प्रसाद गौतमले यस अभियानलाई सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिनुभएको थियो ।