क्रान्तिकारी माओवादी रुद्रपुरमा गुरुङ

1.3K

क्रान्तिकारी माओवादी रुद्रपुरमा गुरुङ

बुटवल, ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)रुद्रपुर गाउं समितिको भेला नयां नेतृत्व चयन गरि आज रुद्रपुरमा सम्पन्न भएको छ ।

भेलाले खेमबहादुर गुरुङ सचिव रहेको २५ सदस्यीय पार्टीको गाउं समिति चयन गरिएको हो । भेलाको उद्घाटन गदैं पार्टीका केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले संसदीय व्यवस्थाको भण्डाफोर र संविधान खारेजीको आन्दोलनमा पार्टीले जोड दिएको बताउंनु भयो ।

उहांले माओवादी केन्द्र संसदीय आहलमा फसेको र विदेशी सामु आत्मसमर्णवादी नीति लिएकाले त्यसको विरुद्धमा शसक्त प्रकारले लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । कालाबजारी र तस्करलाई पार्टीले जनकारवाही गर्ने बताउंदैं उहांले क्रान्तिविना जनताको मुक्ति संभव नभएको उहांले बताउंनु भयो ।

पार्टी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारीले आमुल परिवर्तन गरि सर्बहारा वर्गको अधिनायकत्व सक्ता प्राप्तिका लागि पार्टी क्रान्तिको तयारीमा लागेको उद्घोष गर्नुभयो । राष्ट्रिय स्वाधिनता रक्षाका लागि पार्टीले संघर्षलाई निरन्तर जारी राख्ने पनि सुनारीले बताउंनुभयो ।

कार्यक्रममा पार्टी रुपन्देही सचिवालय सदस्य गिरबहादुर थापा,के.जी.कुमार पौडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रम दलबहादुर थापाको अध्यक्षता र हरि थापाको सञ्चालनमा सम्पन्न भएको थियो । पार्टीले भोलीबाट सञ्चालन गर्ने विशेष आर्थिक अभियान (कुपन अभियान)लाई सफल पार्न भेलाले निर्णय गरेको छ ।

पार्टीले देशका ७५ वटैं जिल्ला, अमेरिका, भारत, जर्मन, कुवेत, मलेसिया, जापान, बहराइन, यू.के.लगायतका देशमा कुपन अभियान सञ्चालन गर्ने जनाएको छ । एक लाख कुपन सो अवसरमा वितरण गरेर आर्थिक संकलन गर्ने पार्टीले जनाएको छ ।