बुटवल, ३१ भदौ । नेकपा एमालेको व्रिद्यार्थी संगठन अनेरास्ववियु रुपन्देहीको पहिलो बैठकले जिल्ला मातहतका सबै कमिटीलाई क्रियाशिल गराउन कार्य योजना निर्माण गरेको छ ।
जिल्ला कमिटी पुर्नगठन भएपश्चात पहिलो पटक बसेको बैठकमा अध्यक्ष बालकृष्ण पाण्डेले आगामी एक वर्षभित्र गर्ने कार्ययोजना पेश गर्नुभएको थियो । बैठकमा विभिन्न क्याम्पसहरुमा देखिएका समस्याहरुको बारेमा समेत छलफल भएको थियो ।
अनेरास्ववियु रुपन्देहीका अध्यक्ष पाण्डेको अध्यक्षता तथा संगठनका केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको बैठकमा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इन्चार्ज ऋषिराम पाण्डे, संगठनका केन्द्रीय सद्रस्य सरोज पोखरेल, सन्दिपकुमार बि.क., राष्ट्रिय परिषद सदस्य केशव रोकाले जिल्ला कमिटीले आगामी दिनहरुमा गर्नुपर्ने कामको बारेमा सुझाव दिनु भएको थियो ।