बुटवल, १ असोज । रुपन्देहीको भैरहवामा शनिबार भएको सवारी दुर्घटनामा परी २ जना घाईते भएका छन् ।
वेलहीयादेखि बुटवल तर्फ जाँदै गरेको लु १ ख ३६६४ नम्बरको माईक्रो बसले विपरित दिशाबाट आएको लु १८ प २८५४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुइ जना घाईते भएका हुन् ।
सिद्धार्थ नगरपालिका ८ अञ्चलपुरमा आउँदै गर्दा उक्त बसको पट्टा भाँचिएर अनियन्त्रित भई मोडिएर दाहिने लेनमा गएको र विपरित दिशाबाट आउँदै गरेको माटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी मोटरसाईकल चालक चिल्हिया ३ बस्ने ५० वर्षीय रामबहादुर थापा र सोही स्थानका ४० वर्षीय जितबहदुर थापा घाईते भएका हुन् । घाईते दुबै जनाको मेडिकल कलेजमा उपचार भएको र माईक्रो बस, मोटर साईकल तथा बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।