बुटवल, १ असोज । क्रान्तिकारी युवा लिग गजेडीको गाउं भेला नयां नेतृत्व चयन गरि आज गजेडीमा सम्पन्न भएको छ ।
भेलाले राजन वाग्ले सुवेदीको अध्यक्षतामा ११ सदस्यीय लिगको गाउं समिति चयन गरिएको हो । समितिमा सचिव प्रकाश पौडेल, कोषाध्यक्ष अनिता पौडेल र सदस्यहरुमा क्रमशःविशाल पौडेल, सुशिल ढकाल, विपिन पौडेल, लक्ष्मण न्यौपाने, प्रदिप ज्ञवाली, सुर्य ढकाल, जयलाल पौडेल र जगदिश पौडेल रहनु भएको छ ।
यसअघि भेलामा बोल्दैं नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, रुपन्देहीका सचिवालय सदस्य के.जीकुमार पौडेलले पार्टी अहिले संगठन विस्तार र सुदृढीकरण अभियानमा लागेकाले त्यसतर्फ लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।
क्रान्तिकारी युवा लिगका केन्द्रीय सदस्य एवं रुपन्देहीका संयोजक शंकर के.सी.ले युवाहरु कालाबजारी,तस्कर र भ्रष्टा«चारीलाई कारवाही गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । राजन वाग्ले सुवेदीको अध्यक्षता,हरि थापाको सञ्चालन तथा विशाल पौडेलको स्वागतमा भएको कार्यक्रममा छबि थापाले पनि बोल्नु भएको थियो ।