बुटवल, ३ असोज । कौटिल्य सहकारी संस्था बुटवल १३ कालिकानगरको प्रारम्भिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ ।
कृषि उत्पादन तथा कृषिमा आधारित उद्योग तथा व्यबसायमा लगानी गर्नेगरी शुरु गरिएको सहकारीको प्रारम्भिक साधारण सभाले सुरन्द्रराज ज्ञवालीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा अर्जुनप्रसाद ज्ञवाली, सचिवमा खगेश्वर गौतम र कोषाध्यक्षमा चेतनारायण गौतमलाई चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यमा वेदप्रसाद पाण्डे, सुरेन्द्रप्रसाद आचार्य र राधा पौडेललाई चयन गरिएको छ ।
साधारण सभाले भिष्म ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा नारायण ज्ञवाली र विजय पोखरेललाई चयन गरिएको छ ।
साधारण सभाको उद्घाटन कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देहीका सहकारी निरिक्षक गुणखर खनालले सहकारीमा बित्तिय अपराध हुन नदिनकालागि शेयर सदस्यहरु चनाखो हुनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा अर्जुनप्रसाद भट्टराई, प्रेमनाथ पाण्डेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सहकारीमा ७७ जना साधारण सदस्य छन् ।