असोज १५ गतेदेखि दशै बजार

1.3K

असोज १५ गतेदेखि दशै बजार

bucci

बुटवल, ४ असोज । बुटवल उद्योग वाणिज्य संघले बिजया दशमीको अवसरमा यही असोज १५ गतेदेखि २० गतेसम्म बुटवलमा सस्तो दशैं बजार सञ्चालन गर्ने भएको छ ।

संघ सचिवालय परिसरमा आयोजना हुने दशै बजार व्यवस्थापनका लागि संघले कार्य समिति सदस्य बिमलराज भट्टराइको संयोजकत्वमा एक समिति गठन गरेको छ । नव गठित समितिको आजै मंगलवार संघ सचिवालयमा बसेको बैठकले दशै बजारमा दैनिक अत्यावश्यकीय वस्तु सहित बिजया दशमीका लागि आवश्यक माछा मासु, ध्यु नुन तेल, नया नोट उपलब्ध गराउने निणर्य गरेको छ ।

बैठकले ४० वटा स्टल राख्ने पनि निणर्य गरेको छ ।