कानुन व्यवसायीहरु आन्दोलित
बुटवल, ४ असोज । नयां संविधानको प्रावधान अनुसार सोमबारदेखि पुनरावेदन अदालत बुटवल विघटन भई ‘उच्च अदालत तुलसीपुर, बुटवल इजलास भएपछि यस क्षेत्रका कानुन व्यवसायीहरु आन्दोलित भएका छन् ।
उनीहरुले सकारले यो निर्णय नसच्चाएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । नेपाल बार एशोस्एिसन बुटवल ईकाईको बसेको वैठकले ईजलाश वहिस्कार सहितका आन्दोलनका कार्यक्रमहरु बहिस्कार गरेका हुन् । झण्डै ३ हजार मुद्दा भएका ठाउंमा इजलास राखिनु र ६÷७ सय मात्र मुद्दा भएका ठाउंमा उच्च अदालतको मुकाम राखिनु अस्वाभाविक भएको भन्दै उनीहरुले मंगलबार बुटवलमा ईजलाश बहिस्कार गरेको बारका सचिव भरत श्रेष्ठले जानकारी दिनु भयो ।
उनीहरुले हातमा कालो पट्टी बांध्ने ईजलाश बहिस्कार गर्ने तथा लुम्बिनी अञ्चल लगायत यस क्षेत्रका सबै अदालतका कामकाज ठप्प पर्ने गरि आन्दोलन गर्ने बारका उपाध्यक्ष जिवनारायण अधिकारीले बताउनु भयो ।
नेपालको संविधानको धारा १३९ को उपधारा १ मा प्रत्येक प्रदेशमा एक उच्च अदालत रहने व्यवस्था भएको र धारा ३०० को उपधारा ३ मा संविधान प्रारम्भ भएको मितिले १ बर्ष भित्र संघीय कानुन वमोजिम उच्च अदालत स्थापना गर्ने र पुनरावेदन अदालत विघटन हुने उल्लेख भए अनुसार पुनरावेदन अदालत बुटवल विघटन भएको हो । बुटवल इजलास’ अन्तर्गत साविक प्रादेशिक क्षेत्राधिकार रहेको लुम्बिनी अञ्चल अन्तर्गतका नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाहरु रहेका छन् ।