बुटवल, ५ असोज । बुटवल बसपार्कबाट प्रहरीले प्रतिवन्धित लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
अस्थायी प्रहरी बिट बसपार्क बुटवलबाट मंगलबार खटिएको प्रहरीको टोलीले बुटवल ११ बसपार्कबाट पाल्पा जुठापौवा गाउँ बिकास समिति वडा नं. ५ का ३३ वर्षीय रेशम बगालेलाई लागु औषध सहित पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेका बगालेको साथबाट २ मिलिलिटर परिमाणको नुफिन १८५ एम्पुल्स, फेरागत १८६ एम्पुल्स, सेरिज्यक १८३ एम्पुल्स र २ थान सिरिन्ज बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पक्राउ गरेको व्यक्तिलाई मुद्धा दायर गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।