आठ अर्ब ७० करोड निक्षेप संकलन गरि सात अर्व ९५ करोड कर्जा लगानी
बुटवल, ६ असोज । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले २७ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।
आर्थिक बर्ष ०७२/०७३ को मुनाफावाट वितरण गर्ने बोनश शेयर नेपाल राष्ट्र बैंकवाट स्विकृती प्राप्त भै आगामी साधारण सभावाट पारित भए पश्चात वितरण हुने बैंकले जनाएको छ । बैंकले आठ अर्ब ७० करोड निक्षेप संकलन गरि सात अर्व ९५ करोड कर्जा लगानी गरेको बैंकका प्र्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।
गत असार मसान्तमा बैंकको चुक्ता पूंजी ८६ करोड ८४ लाख रहेकोमा प्रस्तावित २७ प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पूंजी १ अर्व १० करोड पुग्नेछ । शाइन रेसुङ्घा डेभलमेण्ट बैंकमा गौमुखी विकास बैंक गाभिएर २०७३ जेठ २९ वाट एकिकृत कारोवार गरेको हो । बैंकले २६ वटा शाखा तथा २ वटा एक्सटेन्सन काउन्टर मार्फत एक लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
रुपन्देही, गुल्मी, अर्घाखांची तथा प्यूठान जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा यस बैंकले वित्तीय पहुंच पु¥याएको छ ।