दशै बजारको तयारी सुरु

1.3K

दशै बजारको तयारी सुरु

bucci

बुटवल, ७ असोज । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यही असोज  १५ गतेदेखि २० गतेसम्म बुटवलमा सञ्चालन हुने सस्तो दशै बजारको तयारी सुरु भएको छ ।

संघ सचिवालय परिसरमा सञ्चालन हुने दशैं बजारमा गुणस्तरीय बस्तु सर्बसुलभ दरमा उपभोक्तालाई उपलब्ध गराउन सरकारी तथा गैर सरकारी सस्था र प्रतिष्ठानलाई आग्रह गरेको छ । संघकै आग्रहमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालको अध्यक्षतामा जिल्ला आपुर्ति समितिको बैठक समेत बसेको छ ।

सरकारी कार्यालय तथा गैर सरकारी सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा प्रजिअ ढकालले महत्वपुर्ण पर्वमा उपभोक्तालाई गुणस्तरी बस्तु सुपथ मुल्यमा उपलब्ध गराउन बजारलाई आवश्यक सहयोग गर्न सबै निकाललाई आग्रह गर्नु भयो ।

४० वटा स्टल रहने दशैं बजारमा दैनिक अत्यावश्यकीय बस्तु खाद्यान्न, दुध घिउ, माछा मासुसहितका बतु र नेपा राष्ट्र बैकबाट नयाँ नोट सटहीको व्यवस्था गरीने बजारका संयोजक बिमलरानज भट्टराइले जानकारी गराउनु भयो ।