मंगलापुरमा महोत्सवको तयारी

1.3K

मंगलापुरमा महोत्सवको तयारी

tilotama-chamber-of-commerce-and-industry-logo

बुटवल, ७ असोज । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिरमा तिलोत्तमामा आयोजना हुने औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन महोत्सवको पनि तयारी सुरु गरीएको छ ।

मेला मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म तिलोत्तमा नगरपालिकाको वडा नम्वर १२ मंगलापुरमा हुने छ । मेलाको तयारीका लागि संघका अध्यक्ष गुणनिधि भण्डारीको संयोजककत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

मेला आयोजक समिति तथा संघको कार्य समितिको आज संघ सचिवालय भलवारीमा बसेको बैठकले मेला तथा महोत्सव सम्पन्न गर्न सहयोग गर्न तिलोत्तमा नगरपालिकामा क्रियाशिल राजनीतिक दल, संघ संस्था सहित आम नागरीकलाई अपिल गर्ने निणर्य गरेको छ ।

संघले मेला तथा महोत्सवको स्टल बितरण कार्य पनि सुरु गर्ने निणर्य गरेको महासचिव माधवलाल देवकोटाले जानकारी दिनु भयो । मेलाको संरक्षकमा नेपाल उद्योग वाणिजय महासंघ र सहआयोजकमा जिल्ला बिकास समिति रुपन्देही, तिलोत्तमा नगरपालिका, तिलोत्तमा व्यापार संघ र तिलोत्तमा उद्योग व्यापार संगठन रहने पनि महासचिव देवकोटाले बताउनु भयो ।