बुटवल, ८ असोज । नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोकाले मगर संघको आन्दोलन कुनै जाति विशेष विरुद्व नभएको बताउनु भएको छ ।
नेपाल मगर संघ रुपन्देहीको २० औं अधिवेशनलाई आज बुटवलमा संबोधन गदै अध्यक्ष रोकाले मगर संघको आन्दोलन ब्राहमण, क्षेत्री विरुद्व नभएको स्पष्ट पार्नुभयो । अव मगरहरुले सिंहदरवार संग हिसाव÷किताव खोज्ने वेला आएको बताउनुभयो । उहांले गलत राज्य व्यवस्था विरुद्व मगर संघले आन्दोलन गरिरहेको उल्लेख गनुृभयो ।
जातिय, राजनीतिक, वर्गिय, सांस्कृतिक, आर्थिक अधिकार अन्य राजनीतिक दलले नबोलिदिएको हुंदा मगर संघ स्थापना गर्न बाध्य भएको बताउनुभयो । उहांले मगरात र पहिचान सहितको संविधानको लागि सशस्त्र विद्रोह गर्न तयार रहन समेत आग्रह गर्नुभयो ।
केन्द्रीय अध्यक्ष मगरले मगर भाषा, संस्कृति, मगरात भुमि मिचिएको साथै धर्मनिरपेक्षको गलत व्याख्या गरेको हुदा मगरलाई संविधान मान्य नभएको बताउनुभयो । सबैले अपनत्व गर्ने गरी संविधान संशोधन नभएमा सडकबाट संविधान जारी गरी समानान्तर सरकार चलाउने चेतावनी दिनुभयो । उहांले राज्यको शक्ति, अधिकार र अवसर प्राप्त गर्नको लागि सबै विचार राख्नेलाई सम्मान गदै आफ्नो अधिकारको लागि एक हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा मगर संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष गीता सारुले पुर्खाको ऐतिहासकि थलो मगरात माग्दा जातिय राज्य माग्यो भन्ने आरोप लाग्ने गरेकोले उक्त आरोप चिर्नु पर्ने बताउनुभयो । उहांले आफुहरु आन्दोलनमै रहेको भन्दै मगरात भुमिको लागि एक घर एक मगर अभियान चलाउनु पर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा मगर संघका पूर्व अध्यक्षहरु त्था विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई सम्मान गरिएको थियो । कार्यक्रम अघि बुटवलको लखन चौराहाबाट सुरु भएको मगर झाकी सहित ¥याली ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो ।
संघको बन्द सत्र भोलि र पर्सी बुटवल–१३, देविनगरमा रहेको भुपु सैनिक कल्याण क्लवमा हुनेछ । अधिवेशनले २५ सदस्यीय नयां नेतृत्व चयन गर्नेछ ।