बुटवल, ८ असोज । नेपाल सरकारका रक्षा मन्त्री बालकृष्ण खाँणले नेपाल भारत विचको सम्बन्ध राजनीतिक मात्रै नभएर दुई देशका नागरिकका बिचमा पनि प्रगाढ रहेको बताउनु भएको छ ।
उहाँले यो सम्बन्धलाई अझै बढी उचाईमा पु¥याउनकालागि र सबै छिमेकीका बिचमा सन्तुलित सम्बन्ध कायम राख्नकालागि सरकारले बिशेष भुमिका निर्वाह गरेको बताउनु भयो । नेपाल र भारत बिचको सम्बन्धलाई उचाईमा पु¥याउन सकियो भने त्यसले विश्व शान्तिकालागि छुट्टै नमुना प्रस्तुत गर्न सकिने उहाँको विश्वास छ ।
उहाँले नेपाल भारतको सम्बन्धलाई विकसित रुपमा उचाईमा पु¥याउन सकियो भने नेपालका राजनीतिक मात्रै नभएर आर्थिक बिकासको समेत प्रवल सम्भावना रहेको उल्लेख गर्नुभयो । ब्रह्मकुमारी ईश्वरीय विश्वबिद्यालय नेपालले प्रशिक्षणात्मक कार्यक्रम ईश्वरीय ज्ञानद्वारा विश्व परिवर्तन कार्यक्रममा शनिबार बोल्दै मन्त्री खाँणले मुलुकको राष्ट्रिय एकता र स्वाधिनताकालागि अखण्डता र राष्ट्रियताको रक्षा गर्ने आफ्नो दायित्व पुरा गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
विश्वको शान्ति अभियानमा नेपाली सेनाले पु¥याएको योगदान उच्च रहेको स्मरण गर्दै उहाँले अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाली सेना छैठौं स्थानमा रहेको उल्लेख गर्नुभयो । उहाँले विश्व शान्तिकालागि नै नेपाली सेनाले यो वर्ष १० हजार जनालाई शान्ति मिसनमा पठाउने बताउनु भयो ।
यसैबीच रक्षामन्त्री बालकृष्ण खाँणले अरुको आलोचना गरेर आफ्नो शक्ति खर्च नगर्न दलहरुलाई सुझाव दिनु भएको छ । दलहरुले एकले अर्काेको आलोचना गर्दा शक्ति विकेन्द्रीकरण हुने उल्लेख गर्दै शक्ति केन्द्रीकृतसँगै मुलुकलाई समृद्ध बनाउनका लागि दलहरु विचको एकता नै अहिलेको आवश्यकता भएको बताउनुभयो । स्थानीय शान्ति समिति रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा भएको शान्ति समितिका पुर्व संयोजक सम्मान कार्यक्रममा रक्षामन्त्री खाँडले बहुदलिय ब्यवस्थाको अर्काे विकल्प नभएकाले दलहरुविचमा सहकार्य, एकता र मेलमिलापले मुलुकले दिगो शान्ति पाउने जिकिर गर्नु भयो ।
उहाँले विश्वले नै शान्तिको खोजि गरिरहेको अवस्थामा मुलुकमा शान्ति स्थापना गर्नु नै ठुलो चुनौति देखिएको बताउनुभयो । उहाँले शान्ति स्थापना नभईकन मुलुक समृद्ध हुन नसक्ने भन्दै उहाँले शान्ति र समृद्धिका लागि राजनीतिकदल, सामाजिक संघसंस्था, नागरीक समाज सबै विचमा एकता आवश्यक रहेको धारणा राख्नुभयो ।
स्थानीय शान्ति समितिका पुर्व संयोजक ज्ञानु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाक, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, शान्ति समितिका पुर्व संयोजकहरु महेन्द्र यादव, जनार्दन प्रसाद कुर्मी, आनन्दप्रसाद गुप्ता, माधव शर्मा लगायतले शान्ति प्रकृया अझै निष्कर्षमा पुग्न नसकेको भन्दै शान्ति स्थापना तथा दीगो शान्तिका लागि सबैविचमा एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीय शान्ति समिति रुपन्देहीका पुर्व संयोजकहरु अब्दुल रज्जाक, महेन्द्र यादव, जनार्दन प्रसाद कुर्मी, आनन्दप्रसाद गुप्ता, माधव शर्मा, लिला गिरी, रामचन्द्र ढकाल, ज्ञानु पौडेल लगायतलाई सम्मान गरिएको थियो । सोही अवसरमा द्वन्द्व प्रभावितहरुका लागि दिइइएको दश दिने सिलाई कटाई सम्बन्धी सीपमुलक तालिममा सहभागि भएका प्रशिक्षार्थी र प्रशिक्षकलाई सम्मान समेत गरिएको थियो । शान्ति समितिका संयोजक बालकृष्ण भूषालको स्वागत तथा सचिव सन्तोष पौडेलको संचालनमा कार्यक्रम भएको थियो ।