प्रेस युनियनले शुभकामना आदान–प्रदान गर्ने

1.3K

प्रेस युनियनले शुभकामना आदान–प्रदान गर्ने

press-union

बुटवल, १५ असोज । नेपाल प्रेस युनियन रुपन्देहीले दशैं, तिहार, छठ, नेपाल सम्वत लगायतका पर्वहरुको अवसर पारेर शुभकामना आदान प्रदान गर्ने भएको छ ।

युनियन रुपन्देहीको आज बुटवलमा बसेको बैठकले यहि असोजको १७ गते सोमबारका दिन शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो । बिहान नेपाल पत्रकार महासंघको सभा हलमा हुने कार्यक्रममा सहभागि हुनकालागि युनियनमा आवद्ध सदस्यहरु तथा संघसंस्था तथा सुवेच्छुकहरुलाई आह्वान गरेको छ ।