असत्यमाथी जित्न नेपाली काँग्रेस एक हुनुपर्ने

1.3K

असत्यमाथी जित्न नेपाली काँग्रेस एक हुनुपर्ने

nc-hari-lamsal

बुटवल, १५ असोज । नेपालीहरुको महान चाड विजयदशमी, दीपावली, छठ लगायतका पर्वहरुको अवसरमा नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वार्ड नं. १२ वार्ड समितिले शुभकामना आदान–प्रदान गरेको छ ।

सो अवसरमा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति हरि लम्सालले असत्यमाथी सत्यको जित भएको यस अवसरमा मुलुकमाथी असत्य व्यबहार गर्ने सबैलाई प्रहास्त गरि देशको मुहार फेर्न नेपाली काँग्रेसका नेता कार्यकर्ता एकजुट भएर अँगाडी बढ्नुपर्ने बताउनु भयो ।
प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय कोषाध्यक्ष डा. विष्णु पोखरेलले पार्टी एक ढिक्का भएर अंगाडी बढ्न सके नेपाली काँग्रेसलाई कसैले हल्लाउन नसक्ने विचार व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस बुटवल १२ का सभापति खड्कबहादुर महतको सभापतित्व तथा सचिव चिरञ्जिवी श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्रीय प्रतिनीधिहरु गंगा गुरुङ्, जेवी गुरुङ्, चन्द्रकला बुढाथोकी, ईन्द्रध्वज मल्ल, मतदान केन्द्र सभापति भोजराज बस्याल, पूर्व सभापति तुलविर गर्वुजा, पूर्व वार्ड अध्यक्ष एकमायाँ गुरुङ्, रुद्र हमाल लगायतले शुभकामना व्यक्त गर्दै नेपाली काँग्रेसलाई एकतावद्ध बनाएर लैजानु पर्नेमा जोड दिएका थिए ।