
बुटवल, १९ असोज । पश्चिम नेपाल बिकास ट्रष्टले बुटवल उपमहानगरपालिका १६ विनायकपुर स्थीत र्सिजनसिल आमा समुहलाई एक लाख एक रुपैया सहयोग प्रदान गरेको छ ।
एक कार्यक्रमका वीच ट्रष्टकी अध्यक्ष गौरीमाया थापाले समुहलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । समाजमा पछाडी परेका महिलाहरुको जीवन स्तर माथि उठाउन टेवा पुगोस भनेर आमा समूहलाई रकम प्रदान गरेको ट्रष्टले जनाएको छ ।
आमा समूह मार्फत महिलाहरुलाई परिवर्तनशिल गराउदै समाजमा भएका विकृती हटाउन आमा समूलाई रकम प्रदान गरिएको ट्रष्टका सहकोषाध्यक्ष पदम घिमिरेले बताउनु भयो ।
संस्थाले विनायकपुर कै ५ बर्षकी वालिका बिमला थापाको औषधी उपचारको लागि सहयोग स्वरुप ३ हजार ५ सय रुपैया समेत प्रदान गरेको छ । बालिका हिड्न, वोल्न नसक्ने अवस्थामा रहेकी ट्रष्टले जनाएको छ ।