बुटवलमा डेढ करोड र मुर्गियामा ६० लाखको कारोबार

1.3K

बुटवलमा डेढ करोड र मुर्गियामा ६० लाखको कारोबार

mela

ललित पाण्डेय/
सैनामैना, २० असोज । नेपालीहरुको महान् पर्व विजयादशमीको अवसर पारेर सैनामैना उद्योग वाणिज्य संघले आयोजना गरेको दोश्रो दशै मेला तथा सांस्कृतिक कार्यक्रम बिहिबार एक कार्यक्रमका बिच समापन भएको छ ।

स्वदेशी उत्पादन प्रयोग गरौ उद्योगिहरुको प्रोत्साहन गरौ भन्ने मुल नारा सहित असोज १५ गते बाट पर्राेहा उच्च माविको प्राङ्गणमा सुरु भएको मेलामा ५० हजार दर्शकले अवलोकन गरेको र ६० लाख बराबरको आर्थिक कारोबार भएकाले मेला सफल भएको संघका अध्यक्ष राज बहादुर क्षेत्रीले बताएका छन् ।

मेलाले स्थानिय उद्योगी तथा ब्यवसायीले उत्पादन गरेका बस्तुहरु बिक्रि बितरण तथा प्रचार प्रसार हुदाँ प्रोसाहन मिलेको अध्यक्ष क्षेत्रीले बताएका छन । ५ दिन सम्म सञ्चालन हुने भनिएको मेलामा दर्शकको घुईचो लागे पछि एक दिन थप गर्दै ६ दिन सम्म सञ्चालन गरिएको थियो । मेलामा खाद्यान्न पदार्थ , लत्ता कपडा , स्थानीय स्तरमा उत्पादन हुने मह , घिउ तथा कृषि , बैङ्क , हस्तकला ,ईट्टा, अचार , पाल्पाली ढाका टोपी सम्बन्धी विभिन्न स्टलहरु रहेका थिए ।

मेलामा आयोजकले सुपथ मुल्य बजार पनि सञ्चालन गरिएको थियो । सैनामैना १० रामापुरमा रहेको रामापुर मौरीपालन श्रोत केन्द्रका फर्शुराम अधिकारीले आफ्नो घरलु उद्योगमा उत्पदान भएर प्रशोधित मह मेलामा स्टल रहेको थियो । मेलाले गर्दा आफ्नो बिक्रि बितरण तथा प्रचार प्रसारमा फाईदा पुगेको उनले बताएका छन् । मेलामा स्थानिय तथा राष्ट्यि कलाकारको प्रस्तुती रहेको थियो । सांसद तथा नेपाली काग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक बाट असोज १५ गते उदघाटन भएको मेला आज सांसद भक्ति पाण्डेयको प्रमुख आथियत्तामा सम्पन्न भएको छ ।

यसैबीच बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा भएको दशै बजार सकिएको छ । संघ सचिवलायमा असोज १५ गतेदेखि सुरु भएको दशैं बजार आज साझ सकिएको हो ।

अत्यावश्यकीय बस्तु, दैनिक उपभोग्य बस्तुदेखि माछा मासु र गाडी सम्मका ४६ स्टल रहेको दशै बजारमा डेढ करोड रुपैया बराबरको आर्थिक कारोवार भएको बजार संयोजक तथा संघका सदस्य बिमलराज भट्टराईले जानकारी दिनु भयो । दशै बजारमा नया नोट साटने समेत व्यवस्था मिलाइएको थियो ।

बजारमा नुन चिनि, दाल, ध्यु, मसला तथा छपियाको माछा अत्यधिक बिक्रि भएको थियो । बजारमा सहभागिहरुलाई आजै साझ संघ सचिवालयमा आयोजित संक्षिप्त कार्यक्रममा संघका अध्यक्ष महेशमान सिंहले स्टल सहभागि तथा सहयोगीहरुलाई प्रसंशापत्र प्रदान गर्नुभयो ।

त्यस अवसरमा अध्यक्ष सिंहले बुटवलका व्यवसायीहरु आर्थिक लाभ भन्दा बाहिर गएर समाजसेवा गर्न पनि सक्छन भन्ने धारणालाई यो पटकको बजारले थप पुष्टि गरेको बताउनु भयो ।  बजारका सहभागिहरुलाई संयोजक भट्टराईले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।