त्रयम्बकम् जडिबुटि सहकारीको ५ औं वार्षिक साधारण सभा

1.3K

त्रयम्बकम् जडिबुटि सहकारीको ५ औं वार्षिक  साधारण सभा

sahakari-emageखेमानन्द पाठक/बुटवल २९ असोज दिनप्रतिदिन सहकारी सम्बन्धी नकारात्मक समाचारहरु आइरहेको अवस्थामा र रुपन्दिेहीमा पनि वार्षिक रुपमा सहकारी खारेज भएको अवस्थामा एउटा भरपर्दो,स्थापनाकाल देखी नै आफ्ना सदस्यहरुको आर्थिक र शारिरीक विकासको लागी तल्लिन œयम्बकम् जडिबुटि सहकारीका संस्था लिमिटेडले आफ्नो ५ औं वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाको अध्यक्ष डा. वद्रि प्रसाद गौतमको सभापतित्व र जिल्ला शहकारी संघ रुपन्देहीको अध्यक्ष भिम तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानिय वुद्धिजिवी,पत्रकार,सेयर सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै प्रमुख अतिथी भिम तुलाचनले शहकारीलाई चुस्त दुरुस्त राख्न र प्रगती गर्नलाई शेयर सदस्यहरुको प्रमुख भुमिका हुने भएकाले सचेत रहन अनुरोध गर्दै शहकारी सम्बन्धि सरकारको निति र शहकारी कर्मीहरुले गर्नुपर्ने विषयमा प्रकाश पार्नुभएको थियो । साथै यस शहकारीलाई अगाडी बढाउनको लागि मेरो तर्फदेखी सधै यस सहयोग र सल्लाहा रहन्छ भन्नुभएको थियो। साथैै विजया दशमी,शुभदिपावली र छठ को शुभकामना दिनु भएको थियो ।
स्वागत तथा शुभकामना मन्तव्य राख्दै लेखा समिति सदस्य दोमनाथ अर्यालले शहकारीको आवश्यकता र महत्वको वारेमा स्पष्ट पार्नुभएको थियो । शुभकामना राख्दै उनले शहकारीको उपेक्षा र गरिवीको कारणले गर्दा लेपालमा जडिवुटि प्रति जनविश्वास नरहेको भन्नुभएको थियो मानिसमा रसायनयुक्त औषधीले साइड इफेक्ट गर्छ भन्ने जानकारी नभएकै कारण त्यहि औषधि प्रयोग गरिरहेका छन् भन्दे जडिवुटिले कुनै साइड इफेक्ट गदैन भन्नु भएको थियो ।
उक्त शहकारी संस्थाका अध्यक्ष डा. वद्रि प्रसाद गौतमले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक,सामाजिक,आवास,स्वास्थ,शिक्षा र विकाश जस्ता नाराका साथ सेवा शुरु गरेको भन्दै स्थानिय जडिवुटि पहिचान व्यापार योग्य जडिवुटि खेती,फलफुल,सुख्खामेवा,परम्परागत खेतीमा जैविकीकरण आदि जस्ता देशको अत्यन्त नविनतम् कार्यक्रम दिन सक्ने र नियमित जडिवुटि,कृर्षि र पशुजन्य आयात प्रतिस्थापन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको बताउदै जैविक डिजेलको ९० प्रतिशत आपुर्तिको लागि बाह्रमासेको एक विरुवाले १५ लिटर सम्म डिजेल दिने हुनाले यो डिजेल खेती र विश्वमा अत्यन्त माग भएको कवच खेती,सर्वतको विरुवा, œयम्बकम् खर र अश्वगन्धाको नेपालमै पहिलो खेती भएकाले यो नै यस संस्थाको मुख्य आम्दानीको स्रोत हुनेछ भन्दै स्वास्थ शिक्षाका लागी यस संस्थाको वार्षिक कार्यक्रम अन्र्तगत सम्पुर्ण सेयर सदस्यहरुले आफ्नो करेसा वारीमा रहेका झारपातको पहिचान गरि औषधीको रुपमा प्रयोग गर्न सक्ने दक्ष व्यक्तित्व तयार गर्दे आइरहेको जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा लेखा समिति संयोजक माधव पौडेलले चार करोड वाइसलाख पचास हजार बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन भने संस्थाको अभियन्ता सदस्य लिला पौडेलले गर्नुभएको थियो ।