दाहाललाई लोकमानबारे निर्णय गर्ने अधिकार

1.3K

दाहाललाई लोकमानबारे निर्णय गर्ने अधिकार

prachanda

काठमाडौं, ६ कात्तिक । महाअभियोग दर्तापछि अलमलिएको माओवादी केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग प्रस्तावका बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावबारे विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढाउने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिने निर्णय गरिएको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।

महाअभियोगबारे औपचारिक निर्णय गर्न नसकेको कांग्रेस र महाअभियोग दर्तापछि अलमलमा रहेको माओवादी केन्द्रले समान धारणा बनाउने भएका हुन् । आफूसँग सोध्दै नसोधी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अनुमति नलिइ महाअभियोग दर्ता गरिएकाले सत्ता गठबन्धन माथि नै संकट ल्याउन सक्ने भन्दै कांग्रेसले असन्तुष्टि जनाएपछि माओवादी केन्द्रले कांग्रेससँग समान धारणा बनाउन लागेको हो । बैठकपछि माओवादीले कांग्रेसका शिर्ष नेतासँग छलफल गर्नेछ ।