सिलाई व्यवसायीद्धारा शुभकामना आदानप्रदान

1.3K

सिलाई व्यवसायीद्धारा शुभकामना आदानप्रदान

sewing-machines

बुटवल, ८ कात्तिक । लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघले आज बुटवलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । विजयदशमी, दिपावली तथा छठ पर्वको अवसर पारी कार्यक्रम आयोजना गरेको हो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि व्यवसायिक सिप विकास तथा तालिम केन्द्र बुटवलका कार्यालय प्रमुख बालकृष्ण पौडेलले पुख्र्यौली सिपलाई व्यवसायिक बनाउन तालिमको आवश्यकता पर्ने बताए । उनले व्यवसायिक ज्ञान र सिपका लागि आफुहरुले लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघलाई सहयोग गर्न तयार रहेको बताए ।

संघका अध्यक्ष निर्मल दर्नालको अध्यक्षता, सचिव आशिष परियारको सञ्चालनमा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष हरिष ढकाल, पौरखी बचत कोषका अध्यक्ष राजु बराह, राष्ट्रिय परियार समाज युवा विद्यार्थी अध्यक्ष विनोद रणपाल, विकास परियार लगायतले बोल्दै सामूहिक एकतामा जोड दिएका थिए ।