कलौनीमा पत्रकारिता तालिम सुरु

1.3K

कलौनीमा पत्रकारिता तालिम सुरु

traning

सैनामैना, ९ कात्तिक । क्वेष्ट फर केयर एण्ड सर्पाेट द्धारा सैनामैनाको कलौनीमा संञ्चालित रेडियो सेनामैनामा पत्रकारिता तालिम सोमबारबाट सुरु भएको  छ ।

सात दिन सम्म सञ्चालन हुने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारिता तालिममा १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । रेडियोका स्टेशन म्यानेजर कृष्ण भण्डारीको अध्यक्षता, रेडियो सैनामैनाका सञ्चालक समितिका सदस्य नविन घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाचार बाचक माधव ज्ञवाली, प्राविधीक आशा पोख्रेल प्रशिक्षार्थीद्धय नवराज ज्ञवाली र तारा पौडेल लगायतले धारणा राखेका थिए ।

लेखा संयोजक शालिकराम पन्थी तथा रेडियोका समाचार प्रमुख ललित कुमार पाण्डेयको सञ्चालमा कार्यक्रम सम्पन्न भएको थियो ।