
बुटवल, ९ कात्तिक । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथमा नवौं अमरपथ दीपावली महोत्सव–२०७३ यहि कात्तिक १३ गते देखि हुने भएको छ ।
अमरपथको पहिचान, व्यबसायिक एकता र सांस्कृति पर्वको संरक्षणकालागि अमरपथ टोल व्यबसायी समिति प्रत्येक वर्ष निरन्तर रुपमा अमरपथ दिपावली महोत्सव गर्दै आएको छ ।अमरपथ टोल व्यबसायी समिति बुटवलको आयोजनामा १३, १४ र १५ गते तीन दिन सम्म हुने महोत्सवको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गनुर््हुने समितिले जनाएको छ ।
महोत्सवमा अमरपथ प्रहरी बिट देखि मल्ली कम्प्लेक्ससम्म बिशेष साजसज्जा गरि झकीझकाउ बनाईने छ । महोत्सवमा लक्ष्मी पुजा तथा लोकसंस्कृती झल्कीने सांस्कृतिक कार्यक्रमहरु गरिने छ । सांस्कृतिक कार्यक्रमको सम्पूर्ण जिम्मा लियो क्लव अफ खस्यौली युथलाई दिईएको दिपावली महोत्सवका संयोजक प्रकाश श्रेष्ठले बताउनु भयो ।
महोत्सवलाई सफल बनाउनकालागि मुल व्यबस्थापन समिति र बिभिन्न ७ वटा उपसमितिहरु गठन गरिएको महोत्सवको विषयमा जानकारी गराउन मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । महोत्सवलाई लक्षित गरि सो क्षेत्रमा पर्ने प्रत्येक पसलले हरेक सामानको बिक्रीमा थप १५ देखि २५ प्रतिशत सम्म छुट प्रदान गरिने छ भने सामान खरिद गर्ने ग्राहकलाई महोत्सवको अवसरमा लक्की ड्र मार्फत पुरस्कृत गरिने समितिका संस्थापक अध्यक्ष राजेन्द्र ध्वजुले बताउनु भयो ।
अमरपथमा व्यापार व्यबसाय गर्ने ५२ जना व्यबसायीले महोत्सवको आयोजना गर्न लागेका हुन् । कार्यक्रममा समितिका सचिव गोकुल विश्वकर्मा, सल्लाहकार दीपक विश्वकर्मा लगायतले महोत्सवको विषयमा जानकारी गराउनु भएको थियो । महोत्सव साँझ ४ देखि ९ बजेसम्म चल्ने बताईएको छ ।