महाअभियोग लगाउनु पाखण्डीहरुको नौटंकी : थापा

1.3K

महाअभियोग लगाउनु पाखण्डीहरुको नौटंकी : थापा

pari-thapa3

बुटवल, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य परि थापाले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति गर्नु नैं गलत भएको बताउंनु भएको छ ।

उहांले कार्कीलाई महाअभियोग लगाएर कारवाही गर्न‘ स्वभाविक भएपनि नियुक्ति प्रक्रिया नैं गलत भएको बताउंनु भयो । पार्टीको पूवि मगरांत राज्य कार्यालयको विस्तारित भेलालाई पाल्पाको तानसेनमा आज सम्बोधन गदैं नेता थापाले कार्कीलाई महाअभियोग लगाएर कारवाही गर्ने पक्षमा आफ्नो पार्टी रहेको बताउंनुभयो ।

पार्टी केन्द्रीय कार्यालयका सदस्य समेत रहनुभएका नेता थापाले आफुहरुको गलत कार्य बाहिर ल्याउंने डरले कार्कीलाई महाअभियोग लगाउंनु पाखण्डीहरुको नौटंकी भएको टिप्पणी गर्न‘भयो । कार्की ०६२/६३ को जनआन्दोलन दबाउंने र भष्टाचारी भएको स्मरण गदैं नेता थापाले आफ्नो पार्टी शुरुदेखि नैं कार्की नियुक्तिको विरोधमा रहेको बताउंनुभयो ।

पूर्व सांसद समेत रहनुभएका उहांले प्रधानमन्त्री प्रचण्डले भारतमा गएर २५ बुंदे सम्झौता गर्नु नेपालका लागि घात भएको दावी गर्नुभयो । पार्टी केन्दीय सचिवालय सदस्य के.बी.गुरुङको अध्यक्षतामा भएको भेलामा केन्द्रीय सदस्य निलबहादुर पुन, भीमबहादुर श्रीस, मानध्वज श्रेष्ठ, धनेश्वर पोख्रेल लगायतले बोल्नु भएको थियो ।