संशोधनपछि संविधान कार्यान्वयनमा सहजता – मन्त्री खाँण

1.3K

संशोधनपछि संविधान कार्यान्वयनमा सहजता – मन्त्री खाँण

‘ढुङ्गा, गिट्टि अभावका कारण बिकास अवरुद्ध नहोस’

photo
बुटवल, कात्तिक । रक्षा मन्त्री बालकृष्ण खाँणले संविधान संशोधन भएपछि कार्यान्वयनमा सहजता आउने बताउँदै सहज रुपमा संविधान संशोधनकालागि सहजता मिलाउन सरकारले गृहकार्य गरिरहेको बताउनु भएको छ ।
उहाँले दलहरु बिचमा सहमति र सहयात्रा अहिलेको आवश्यकता भएको उल्लेख गर्दै दलीय सहमतिमै संविधान जारी गरेको र कार्यान्वयनमा पनि सहमति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
जारी भएको संविधान कार्यान्वयनकालागि सबैदलहरु मिल्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले संविधान संशोधनमा सघाउन सबैदललाई आग्रह गर्नुभयो ।
रुपन्देहीको पश्चिम अमुवा स्थित पश्चिम अमुवा खानेपानी तथा सरसफाई संस्थाको चौंथो वार्षिक साधारण सभा तथा पिउने पानी ओभर हेड टंकीको सिलान्यास कार्यक्रममा बोल्दै मन्त्री खाँणले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल आगमनले संविधान कार्यान्वयन तथा बिकास निर्माणकालागि ठूलो उपलब्धि भएको दावी गर्नुभयो ।
भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले नेपालको दीर्घकालिन बिकासमा ठूलो मद्धत पु¥याउने बताउँदै उहाँले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले भारतीय सहित बिदेशी पर्यटक आगमनमा बृद्धिहुने विश्वास व्यक्त गर्नुभयो । ‘नेपालको शान्ति र संमृद्धिकालागि मुलुकलाई अन्तर्राष्ट्रिय रंगमञ्चमा उभ्याउनै पर्छ ।’ मन्त्री खाँणले भन्नुभयो–‘भारतीय राष्ट्रपति नेपाल आउनु संविधान कार्यान्वयन र बिकास निर्माणकालागि पनि ठूलो उपलब्धि हुनेछ ।’
संविधान कार्यान्वयनमा नआउने हो भने पुन राजा आउन सक्ने चर्चा परिचर्चा गर्न आवश्यक नरहेको बताउँदै कुनैपनि हालतमा राजा फर्किन नसक्ने जिकिर गर्नु भयो । उहाँले भन्नुभयो–‘संविधानले राजा फर्किन सक्ने कुनै पनि भ¥याङ् राखेको छैन ।’
कार्यक्रममा संगै रहेका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल र स्थानीय बिकास अधिकारी युवराज सुवेदीलाई सम्बोधन गर्दै नदिजन्य निर्माण सामाग्रिको उत्खनन सहज बनाउन आग्रह गर्नुभएको छ ।
रुपन्देहीमा सञ्चालित ठूला आयोजना मुलुककै बिकासका पूर्वाधार भएको उल्लेख गर्दै ढुङ्गा, गिट्ट, बालुवा तथा माटोको कारण ती आयोजनाहरु अवरुद्ध हुन नहुने बताउनु भयो । नदिजन्य निर्माण सामाग्रि ढुङ्गा, गिट्टि, बालुवा उत्खनन् गर्न नपाउँदा गत आर्थिक वर्षमा रुपन्देहीको ठूलो बजेट फ्रिज भएको बताउँदै उहाँले ढुङ्गा, गिट्टिको अभावमा बिकास निर्माणका काम नरोक्न प्रमुख जिल्ला अधिकारी र स्थानीय बिकास अधिकारीलाई आग्रह गर्नुभएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री खाँणले प्रदेश नं. ५ लाई समृद्ध र सवल प्रदेशका रुपमा उभ्याउनकालागि पनि पहाडी जिल्लालाई छुट्याउन नहुने बताउनु भयो । उहाँले पानीमाथी बिकासको अधारशिला बनाउन सकिने बताउँदै प्राकृतिक स्रोत र साधनको सहज पहुँचकालागि पनि प्रदेश नं. ५ बाट पहाडी जिल्लाहरु पाल्पा, गुल्मी र अर्घाखाँचीलाई छुट्याउन नसकिने उल्लेख गर्नुभयो ।
आठ करोड १५ लाख २४ हजार ७ सय ७५ रुपैंयाको लगानीमा निर्माण हुने लागेको उक्त आयोजनाबाट पश्चिम अमुवाको वार्ड नं. १, २, ४, ६ र ९ तथा फर्साटिकरको वार्ड नं. ३ का ४ हजार बढी घरधुरी लाभान्वीत हुने आयोजनाका ईञ्जिनीयर सुमन लिगलले जानकारी दिनुभयो । उक्त आयोजना आगामी २०७५ साउन भित्रमा सम्पन्न हुने छ ।
कार्यक्रममा सांसद सोनीया यादवले समयमै निर्माण सम्पन्न हुने गरी काम गर्न आग्रह गर्नुभयो । त्यस्तै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, स्थानीय बिकास अधिकारी युवराज सुवेदीले सरकारले सन् २०१७ सम्ममा सबै नागरिकलाई सुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य लिए अनुसार काम भईरहेको बताउनु भयो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख शंकरमणी ज्ञवालीले शुद्ध पिउने पानी भएकाले निशंकोच धारा जडान गरि वितरण भएको पानी पिउन आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष सुन्दरप्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानी महासंघका अध्यक्ष ध्रुवकुमार धिताल, गाउँ बिकास समितिका सचिव शेषनारायण अर्याल, संस्थाका कोषाध्यक्ष रत्नबहादुर पौडेल लगायतले भनाई राख्नुभएको थियो ।
त्यस्तैगरि मन्त्री खाँणले शनिबार नै पश्चिम अमुवा वार्ड नं. ४ मा निर्माण भएको बहुउयोगि सामुदायिक भवनको उद्घाटन गर्नुभएको छ ।
निर्वाचन क्षेत्री पूर्वाधार विशेष कार्यक्रमबाट प्रदान गरिएको १० लाख र जनश्रमदानगरी १२ लाख रुपैंयामा निर्माण गरिएको उक्त सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री खाँणले उक्त भवनले अनेक कृयाकलापमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।