साहित्य समाज परिवर्तनको संवाहक

1.3K

साहित्य समाज परिवर्तनको संवाहक

anurajमिना पौडेल

देवदह, । साहित्य समाज परिवर्तनको संवाहक भएको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले युवापिढीलाई साहित्यप्रति सरिक गराउन सके कुलत र लागुपदार्थको दूव्र्यशनीबाट छुटकारा दिलाउन सकिने बताएका थिए ।

अनुराग साहित्य समाजको २२ औ मासिक श्रृङ्खला तथा अक्षयकोष स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले उक्त कुरा बताएका हुन् । समाजका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षता, हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेका अध्यक्ष महानन्द ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् कथाकार वनमाली निराकर, रुद्र ज्ञवाली, बाँकेका युवा गजलकार हुकुम धड्कन, साहित्यकार रमेश समर्थन,रेडियो देवदहका स्टेशन म्यानेजर रमेश पोखरेल, युगिन साहित्य समाज देवदहका अध्यक्ष यज्ञप्रसाद न्यौपाने, नेपाली काग्रेस नगर सभापति गुनाखर भुर्तेल, महामाया भवानी माध्यमिक बिद्यालयका प्राचार्य दिनानाथ अर्याल, अपागं समाज सेवा केन्द्रका सल्लाहकार बालकुमार श्रेष्ठ, शिक्षक हिरामणि शर्मा, संस्थाका सल्लाहकार जयकिशन अधिकारी, उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष स्वतन्त्र नेपाल लगायत दुई दर्जन भन्दा बढि स्रष्टाहरुले आ–आफ्ना रचना वाचन गरेका थिए ।

कार्यक्रममा  संस्थाको अक्षयकोष स्थापनाको लागि देवदह निवासी नरेन्द्र शर्मा र सरस्वति शर्माका छोरा महेश्वर शर्मा बाट एक लाख, एघार हजार, एक सय, एघार रुपैयाको चेक संस्थाका कोषाध्यक्ष सरस्वति बस्याललाई हस्तान्तरण गरिएको थियो । सहयोगदाता महेश्वर शर्मा हाल अष्टे«लियामा कार्यरत हुनुहुन्छ । सोही अवसरमा अक्षयकोषको स्थापनाको लागि सहयोग गर्नुहुने  सहयोगदाताहरुलाई सम्मान पत्रले सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा रुपन्देही विशेष साहित्यिक पत्रिका शाल्मलिको ३० औ अंकको समेत विमोचन गरिएको थियो । संस्थाका प्रथम उपाध्यक्ष राजिव सापकोटाको स्वागत, द्धितिय उपाध्यक्ष राजु अर्यालको संचालन र कोषाध्यक्ष सरस्वति बस्यालको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।