
बुटवल, ५ मंसिर । विश्व वाल अधिकार दिवसको अवसर पारेर रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ रामबस्ती निवासी सुमित्रा बस्नेतले सैनामैनाको वनकट्टामा रहेको अभियान नेपाल बालगृहमा आश्रीत वालबालिकालाई खाद्यान्न लगायतका सामाग्रिहरु प्रदान गर्नुभएको छ ।
कसैको आश्रयमा रहेर पनि खानपानमा समस्या नहोस भन्नकालागि व्यक्तिगत रुपमा पनि सहयोग गर्न सकिन्छ भन्ने सन्देश दिनकालागि आफूले सक्दो सहयोग गरेको उहाँले बताउनु भयो । उक्त बालगृहमा हाल १० जना बालबालिका आश्रीत छन् ।
उनीहरुलाई लक्षित गरि उहाँले चामल, दाल, नुन्, तेल लगायत स्टेशनरीका सामान प्रदान गर्नुभएको हो ।