हाजिरीजवाफ प्रतियोगिता गौरी शंकर प्रथम

1.3K

हाजिरीजवाफ प्रतियोगिता गौरी शंकर प्रथम

hajir

सुर्य प्रसाद भुसाल/
अर्घाखांची, ५ मंसिर । त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सन्धिखर्क अर्घाखाँचीको पांचौंै वार्षिकउत्सवको अवसरमा आज माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी लिला बहादुर राउतले अर्घाखाँची जिल्लाको शैक्षिक विकासलाई थप गुणस्तरीय, प्रभावकारी र व्यवस्थीत बनाउनको लागि आफुले कुनै कसुर वाँकी नराख्ने उल्लेख गनुृभयो । उहांले विद्यार्थीहरुको सर्वा्गिण बिकासको लागि पठनपाठनको साथसाथै विभिन्न किसिमका खेलकुद, मनोरञ्जन साथै हाजिरीजवाफ संगै विभिन्न प्रतियोगिताहरुको उल्लेखनिय महत्व रहेको चर्चा गर्नुभयो ।

उहांले माध्यमिक स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरी शिक्षा क्षेत्रमा देखाएको उदारता प्रति त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको खुलेर प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष वालकृष्ण आचार्य, जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव द्रोण प्रसाद भुसाल, सन्धिखर्क श्रोत केन्द्रका नमबहादुर सिहं रानाभाट, नुवाकोट श्रोत केन्द्रका हरि प्रसाद भुसाल, वाङ्गला डिर्भना श्रोत केन्द्रका युवराव भुसाल, धारापानी श्रोत केन्द्रका लालमणि पौडेल, अड्गुरी श्रोत केन्द्रका चेतनारायण बेल्बासे, अर्घाखाँची शिक्षा क्याम्पसका प्रमुख श्रीकृष्ण भुसाल, पत्रकार विनोद गैरे, सुपादेउराली टेलिभिजनका दामोदर के.सी. लगायत संस्थाका विभिन्न उपसमिति, समिति तथा सदस्यहरुको उल्लेख्नीय उपस्थिती रहेको थियो ।

हाजीरी जवाफ प्रतियोगितामा गौरी शंकर इङ्गलिस वोर्डिङ्ग स्कुल–सन्धिखर्क प्रथम साईज इङ्गलिस वोर्डिङ्ग स्कुल–डिर्भना द्वितीय र अर्घाखाँची आवसिय माध्यमिक विद्यालय–सन्धिखक तृतीय, युवा वर्ष जनता, विचित्रा उच्च.मा.वि.–सन्धिखर्क र ज्ञान प्रकास मा.वि. सल्लीकोटले सान्त्वना स्थान हासिल गरेको थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समुहलाई क्रमश. तीन हजार, दुई हजार चार सय, एक हजार आठ सय, छ/छ सय नगद साथै प्रमाण पत्रले सम्मान गरिएको थियो । कार्यक्रम त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष चन्द्र बन्जाडेको अध्यक्षता, कोषाध्यक्ष उत्तममणि मिश्रको स्वागत साथै सचिव तुल्सीराम खनालको संचालनका सम्पन्न भएको थियो ।

हाजिरी जवाफमा जनज्योती उच्च माध्यमिक विद्यालय सन्धिखर्क–भगवति उच्च माध्यमिक विद्यालय–सन्धिखर्क, अर्घाखाँची आवसिय माध्यमिक विद्यालय–सन्धिखर्क, सन्धिखर्क ग्रिन इङ्गलिस वोर्डिङ्ग स्कुल–सन्धिखर्क, गौरी शंकर इङ्गलिस वोर्डिङ्ग स्कुल–सन्धिखर्क, मदर ल्याण्ड इङ्गलिस वोर्डिङ्ग स्कुल–सन्धिखर्क, जनता कृष्ण उ.मा.वि,–पकले, युवा वर्ष जनता रविचित्रा उ.मा.वि.–सन्धिखर्क, अर्घा रजस्थल मा.वि.–अर्घा, आदर्श मा.वि.–खाँचीकोट, चन्द्र प्रभा मा.वि. खाँचीकोट, जिवनोद्धार मा.वि. वाङ्गला, विजय मा.वि. डिर्भना, ज्ञान प्रकास मा.वि. सल्लीकोट, सन साईन इङ्गलिस वोर्डिङ्ग स्कुल–डिर्भना, न्यू नेपाल इङ्गलिस वोर्डिङ्ग स्कुल–डिर्भना गरी १६ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो ।