
नदीजन्य पदार्थ सहज उपलब्ध भए बुटवल–बेलहिया सडक निर्धारित समयमै बन्ने
बुटवल, ६ मंसिर । भष्ट्राचार विरुद्व काम गर्दैै आएको ट्रान्परेन्सी ईन्टरनेशनल समुह संग आवद्व पारदर्शी सरोकार समुह बुटवलको आयोजनामा बुटवल–वेलहिया सडक निर्माण र ढिला सुस्तीको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।
बुटवलको नयाँ बसपार्क अगाडीको सडक छेउमा राखिएको सडक सार्वजनिक सुनुवाई कार्यक्रमको अध्यक्षता समुहका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठले गरेका थिए । ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न जवाफदेही निकायका प्रमुखहरु बोलेका थिए ।
कार्यक्रममा बोल्दै बुटवल भैरहवा व्यापारिक मार्ग विस्तार आयोजनाका परियोजना प्रमुख शालिकराम रेग्मीले नदीजन्य पदार्थको उपलब्धता सहज भएमा निर्धारित समयमा नै सडक पुरा हुने जानकारी दिएका थिए । कार्यक्रममा बोल्दै परियोजनाका ईन्जीनियर लिला बहादुर भण्डारी, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले बुटवलको तिनाउ पुल अवको केही समयमा मर्मत संहार हुने जानकारी दिएका थिए ।
प्रमुख अतिथि भण्डारीले बुटवलको तिनाउ पुलको अवस्था जिर्ण बन्दै गएकोमा यसमा सबैको सरोकारको विषय भएकोले प्रशासनीक दृष्टिकोणबाट यसमा चासो व्यक्त भएका बताएका थिए ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी अवधेस विष्ट, बुटवल उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, पारदर्शी समुह बुटवलका महासचिव महेन्द्र पाण्डेय, कार्यक्रम अधिकृत देवी डुम्रे, सदस्य विक्रम खड्का, स्थानिय गोकुल अर्याल, प्रेम मरासिनी, पश्चिमाञ्चल पेट्रोलियम व्यवसायी संघका अध्यक्ष प्रेम न्यौपाने, लेखक चर्तुभुज आत्रेय, घरवहाल सरोकार महासंघका अध्यक्ष शंकर कोईराला, बुटवल सम्र्बद्धन तथा प्रवन्ध समितिका राजु लिगल लगायतले बोलेका थिए ।