बुटवल, ६ मंसिर । छन्दवादी समाज नेपाल र नेपाल प्रज्ञा प्रतिष्ठानले संयुक्त रुपमा छन्द महोत्सव २०७३ गर्ने भएका छन् ।
आगामी पुसको ९ गतेका दिन रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. १७ तीनधुरा स्थित जनता माध्यमिक बिद्यालयमा हुने उक्त कार्यक्रममा छन्दमय कबिताका बारेमा व्यापक बहस गरिने छन्दवादी समाज नेपालका अध्यक्ष शंकरप्रसाद पाण्डेले बताउनु भयो ।
उक्त कार्यक्रममा छन्द कबिताको ईतिहास खोज्नेगरी कार्यपत्र प्रस्तुत गरिने छ भने कार्यपत्रमाथि तीन कोणबाट टिप्पणी गरिने छ । उक्त कार्यक्रममा छन्दवद्ध कविता लेखन अभियानमा योगदान पु¥याउने २ जना श्रष्ठालाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको सचिव चन्द्रकान्त डुम्रेले बताउनु भयो ।
कार्यक्रमलाई सफल बनाउनकालागि समाजले स्थानीय संघसंस्था तथा क्लवहरुसंग अन्तरक्रिया तथा छलफल समेत गरेको छ । उक्त कार्यक्रमलाई सफल बनाउन आर्थिक भौतिक तथा नैतिक सहयोग सहित स्थानीय तिलोत्तमा युवा क्लवले सहआयोजकको जिम्मेवारी निर्वाह गर्ने निर्णय भएको समाजका प्रमुख संरक्षक कबिराज पौडेलले बताउनु भयो । शनिबार भएको उक्त बैठकमा समाजका पदाधिकारी सहित तिलोत्तमा युवा क्लवका पदाधिकारीहरु सहभागिता रहेको थियो ।