अटो भिलेजमा दुई प्यानल चुनावी मैदानमा

1.3K

अटो भिलेजमा दुई प्यानल चुनावी मैदानमा

gaire

बुटवल, १० मंसिर । बुटवल अटो ईञ्जिनियरिङ् एशोसियशनको २१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन भोलि शनिबार बुटवलमा हुँदै छ ।

अधिवेशनबाट नेतृत्व लिनकालागि दुई प्यानल मैदानमा उत्रिएका छन् । दुई वर्षे कार्यकालकालागि मौजुदा समितिका अध्यक्ष विश्वराज गैरे र सल्लाहकार सन्तोष पाण्डेले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिनु भएको छ ।

गैरेको प्यानमा उद्योग उपाध्यक्षमा मौजुदा भिमबहादुर विक, बाणिज्य उपाध्यक्षमा नारायणप्रसाद खनाल, महासचिवमा मौजुदा बाबुलाल पाण्डे, कोषाध्यक्षमा मौजुदा दिपेश घिमिरे र सचिवमा मनिष पाण्डे हुनुहुन्छ । त्यस्तै कार्यसमिति सदस्यमा अरुण खनाल, सीता पाण्डे, मोहनीलाल पाण्डे, तिलोचन पाण्डे, अम्बरबहादुर दर्जी, दिनेश थापा, अनबहादुर थापा र ओमप्रकाश गुरुङ् हुनुहुन्छ भने पाण्डेको प्यानलमा उद्योग उपाध्यक्षमा प्रेम गौचन, बाणिज्य उपाध्यक्षमा मिनराज भुसाल, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा गंगाराम अर्याल र सविचमा ध्रुवराज भुसाल हुनुहन्छ ।

त्यस्तै पाण्डेको प्यानलबाट कार्यसमिति सदस्यमा प्रेम दर्लामी, केशरप्रताव जवरा, कृष्ण न्यौपाने, तुलसीराम न्यौपाने, पुजा गैरे, ढुण्डीराज भण्डारी, सागर विक र एकादेव न्यौपाने रहनु भएको छ ।

दुबै पक्षले मैनावगर अटो भिलेजको एकिकृत बिकासलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । मौजुदा समितिका अध्यक्ष विश्वराज गैरे प्यानलले आज बुटवलमा पत्रकार सम्मेलन गरि अधिकाँस कार्यसमितिका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरु आफूहरुको पक्षमा रहेको बताएको छ । पुनः अध्यक्षमा उमेद्वारी घोषणा गर्नुभएका प्रत्यासी गैरेले अधुरा कामहरु पुरा गर्नकालागि पुन आफ्नो उमेद्वारी भएको बताउनु भयो ।

त्यस्तै अर्का प्रत्यासी पाण्डेले नमुना अटो भिलेजलाई एकिकृत बिकासमा आफुहरुको जोड रहेको बताउनु भयो । उहाँले आफ्नो टिमलाई पूर्व अध्यक्षहरुले समेत साथ दिएको बताउनु भयो ।