
बुटवल, १० मंसिर । पुर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समयमै चुनाव नभए सबिधान कार्यान्वयनको लागि जटिलता उत्पन्न हुने बताउनु भएको छ ।
उहाँले आगामी बर्षको माघ महिना सम्म स्थानीय, प्रदेश, केन्द्रीय संसदको निर्वाचन गर्नुपर्ने उल्लेख भएकोले त्यसतर्फ सवै केन्द्रित हुनपर्ने बताउनु भयो । मानव अधिकार तथा शान्ति समाजको १९ औंं राष्ट्रिय परिषद बैठक तथा केन्द्रीय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै काँग्रेस नेता सिटौलाले तोकिएको समयमा निर्वाचन नभए सविधान कार्यान्वयन नुहने बताउनु भयो । ‘तोकिएको समयमा निर्वाचन गर्न सकिएन भने सविधान माथि प्रश्न उठ्छ, त्यसैले पनि निर्वाचन गर्ने तर्फ केन्द्रीत हुन जरुरी छ । –उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कुनैपनि हालतमा प्रदेश न ५ का पहाडी जिल्लाहरु प्रदेश न ५ बाट अलग गर्न नहुने जिकिर गर्नुभयो । यदि जनताको भावना बिपरित दलहरु गएमा आन्दोलन थाल्ने उहाँले सरकारलाई चेतावनी दिनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतन्त्रलाई बलियो बनाउनको लागि दलहरु मजवुत हुनपर्ने धारणा राख्नुभयो । उहाँले सिमांकन विवादलाई सहज रुपमा टुग्याउने तर्फ दलहरु केन्द्रित हुनपर्ने बताउनु भयो ।
राष्ट्रिय आवश्यकता, सुशासन र पारदर्शिता भन्ने मूल नाराका साथ मानव अधिकार तथा शान्ति समाजको १९ औंं राष्ट्रिय परिषद बैठक तथा केन्द्रीय महाधिवेशनको शुरु भएको हो । शनिबारसम्म चल्ले उक्त परिषदले २ वर्षे कार्यकालको लागि नया नेतृत्वसमेत चयन गर्ने छ ।