सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने

1.3K

सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने

बुटवल, ११ मंसिर । रुपन्देहीको पश्चिम अमुवामा सञ्चालित सियारी वचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारण सभा आज सम्पन्न भएको छ ।

साधारण सभामा बोल्दै नेशनल को–अपरेटर एलाईन्स रुपन्देहीका अध्यक्ष रामकृष्ण खाँणले सहकारीले अनुत्पादक क्षेत्रमा भन्दा पनि उत्पादनशिल क्षेत्र तथा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बताउनु भयो ।

सहकारीले किसानकालागि व्यबसायिक खेती, बीउ वीजन, प्रबिधि लगायतका क्षेत्रमा लगानी गर्ने हो भने किसानको आर्थिक बिकासमा समेत योगदान पु¥याउन सकिने उहाँले बताउनु भयो ।

संस्थाका अध्यक्ष डासी अर्याल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष डोलप्रसाद अर्याल, बुद्धिराम हरिजन, श्यामसुन्दर गुप्ता, मिठु पौडेल, सरस्वती भट्टराई, देवमायाँ थापा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । धनबहादुर गुरुङ्को स्वागतमा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष हृदयस बानियाँले गर्नुभएको थियो ।