बुटवलटुडे अन्तरमिडियाकपका लागि आयोजक र बुद्ध टिभी भिड्ने

1.3K

बुटवलटुडे अन्तरमिडियाकपका लागि आयोजक र बुद्ध टिभी भिड्ने

btltoday

बुटवल, १२ मंसिर । बुटवल पब्लिकेशन प्रालिद्धारा प्रकाशित बुटवलटुडे दैनिकको वार्षिकोत्सवको अवसर आयोजना गरिएको ‘बुटवलटुडे अन्तरमिडियाकप भलिबल प्रतियोगिता २०७३’ को उपाधिका लागि आयोजक बुटवल टुडे दैनिक र बुद्ध टिभी भिड्ने भएका छन् ।

आईतबार भएको पहिलो सेमीफाईनल खेलमा आयोजक बुटवलटुडे दैनिकले सबल साप्ताहिकलाई २–० र बुद्ध टिभीले तिनाउ एफएफलाई २–० को सोझो सेटमा पराजित गर्दै फाईनल भिड्न्त पक्का गरेका हुन ।

निक्कै प्रतिस्प्रर्धात्मक पहिलो खेलमा आयोजक बुटवल टुडेले सबललाई २५–२२, २५–१६ तथा बुद्धले तिनाउलाई २५–१९, २५–१४ को साझो सेटमा जित निकालेको थियो ।

सोमबार फाईनल खेलका साथै तेस्रो स्थानका लागि तिनाउ एफएम र सबल नेपाल साप्ताहिकका बिचमा समेत प्रतियोगिता हुनेछ । यसैगरि नेपाल पत्रकार महासंघ रुपन्देही र भलिबल खेलका पुर्व खेलाडीहरुका बिचमा मैत्रीपूर्ण खेलसमेत हुने प्रतियोगिताका संयोजक विश्वास ढकालले बताए ।