बुटवल, १३ मंसिर । अखण्ड ५ नम्बर प्रदेश बचाउ दवाव अभियान लुम्बिनीले प्रदेशबाट पहाडी जिल्लाहरुलाई नछुट्टाउन माग गर्दै व्यवस्थापिका संसदका सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।
अभियानका संयोजक विष्णु पोखरेलको नेतृत्वमा गएको एक टोलीले बुटवलमा कालो झण्डा सहित बिरोध जुलुस प्रदर्शन गरेको छ । प्रदेश नम्बर ५ का जिल्लाहरुलाई कुनै हालतमा अलग हुन नदिने भन्दै बुटवलमा कालो झण्डा सहितको प्रदर्शन गरि कोणसभा भएको थियो ।
बिरोधसभाका सहभागिले ५ नम्बर प्रदेश अखण्ड राख्नका लागि ज्यानको आहुती पनि दिन पछि नपर्ने बताएका थिए । उनीहरुले राजनैतिक दलहरुको स्वार्थका लागि ५ नम्बरलाइ चलाउने प्रयास भए राजनैतिक दलहरुलाइ नै बहिष्कार गर्ने उद्घोष गरेका थिए ।
सरकारले प्रदेश ५ का गुल्मी, अर्घाखाची, पाल्पा लगायतका पहाडी जिल्लालाई अलग गर्ने गरी संविधान शंसोधन प्रस्ताव ल्याउन लागेकाले त्यसको सशक्त विरोध गरिएको हो । बिरोधसभामा बोल्दै अखण्ड ५ नम्बर प्रदेशको लागि दबाब समितिका संयोजक विष्णु पोखरेलले जनताको भाबनामा खेलवाड गर्ने दलहरुलाइ जनताले बहिष्कार गर्ने बताए ।
बुटवलको गोलपार्कबाट शुरु भएको बिरोध ¥र्याली मिडियाचोक हुदै हस्पिटल लाइनमा पुगेर कोणसभामा परिणत भएको हो । बिरोधसभामा गुल्मी रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष नारायण पन्थ, पाल्पा समाजका पदमबहादुर कार्की, बुटवल उद्योग बाणिज्य संघका सदस्य बसन्त ढकाल, होटल ब्यबसायि संघ महासंघका पुर्व केन्द्रीय सदस्य देबीकुमार श्रेष्ठ, पत्रकार महासंघ रुपन्देहीका पुर्व सभापति दीपक ज्ञवाली, रुपन्देही ब्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे लगायतले बोल्दै पहाड र तराइ मिलेर बसेको समुदायलाइ कसैले पनि चलाउने दुष्साहस नगर्न आग्रह गरेका थिए ।
हिजोमात्र नागरिक समाज र युवाहरुको भेलाले अखण्ड ५ नम्बर प्रदेशको लागि दबाब समिति गठन गरेको थियो । बिरोध कार्यक्रममा बुटवलका विभिन्न चोकमा कालो झण्डा र व्यानर टांग्ने, विरोध प्रदर्शनगर्ने,कोण सभा गर्ने ,स्थानीय प्रशासन मार्फत सभामुखलाई ज्ञापन पत्र बुझाउने छन् ।
समितिले विभिन्न संघसंस्थाहरुसग छलफल तथा अन्तरक्रिया गर्ने र प्रदेश ५ का पहाडी जिल्लाहरुलाई अलग गर्ने गरी संसोधन दर्ता भए कडा भन्दा थप कडा कार्यक्रम सार्बजनिक गर्ने जनाएको छ ।