बुटवल, १७ मंसिर । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा उत्रिएका आन्दोलनकारीले आज बुटवलमा गाडी तोडफोड गरेका छन् ।
आन्दोलनकारीले राजमार्ग चौराहामा बा ४ ख ५१०४ नम्बरको हायस तोडफोड गरेका हुन् । प्युठानबाट आन्दोलनमा सहभागी हुन सवार हायस गाडीलाई बुटवलका आन्दोलनकारीले फोडेका हुन् । आन्दोलनकारीले गाडीको सिसा फुटाएका छन् ।
तस्वीर सौजन्य गोविन्द बस्नेत
