
बुटवल, १७ मंसिर । सरकारले ५ नम्वर प्रदेशका पहाडी जिल्लालाई अन्य प्रदेशमा जोडने निर्णय गर्दै ससंदमा पेश गरेको संबिधान संशोधन प्रस्तावको बिरोधमा आज बुटवलमा व्यवसायीहरुले प्रर्दशन गरेका छन ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको व्यवसायीहरुको बृहत्त ¥यालीले मिलनचोक, अस्पताल लाइन, अमर पथ, हाट बजार, गोलपार्क बिटीआई हुदै टाफिक चोमा पुगि सभामा परिणत भएको थियो । ¥यालीमा व्यसायीहरुले व्यवसायीक एकता कायम गरौ, ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला अलग हुन नदिऔं, संसंदमा पेश भएको संशोधन प्रस्ताव फिर्ता गराऔ, हिमाल पहाड तराई बीचको एकता कायम राखौ जस्ता नारा सहित प्ले कार्ड प्रदर्शन गरेका थिए ।
¥याली पश्चातको सभामा बोल्दै संघका अध्यक्ष महेशमान सिंहले बुटवलका व्यवसायीहरु सडकमा उत्रीदा सबै खालका आन्दोलन सफल हुदै आएको स्मरण गर्दै यो आन्दोलन पनि सफल हुने बताउनु भयो । उहाले प्रधानमन्त्री पुष्प कमल दाहाल र सभामुख ओनसरी घर्तिलाई संशोधन प्रस्ताव फिर्ता लिएर जनताको भावना कदर गर्नआग्रह पनि गर्नु भयो ।
त्यस्तै पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधि खरेलले पहाड र तराईबीचको सदियौ पुरानो सम्वन्धलाई कसैले तोडन नसक्ने बताउदै व्यवसायीहरुले ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला अलग हुनै नदिने बताउनु भयो । सरकारले५ नम्वर प्रदेशलाई टुक्राउने निर्णय फिर्ता नलिए २०६२÷६३ सालको आन्दोलनमा जस्तै यातायातका साधन पुरै ठप्प पार्न व्यवसायी तयार रहेको बताउनु भयो ।
उहाले आन्दोलनलाई अराजक बन्न नदिन र यसलाई निर्णायक बनाउन नेतृत्व र संयोजन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । सभामा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोबिन्द खनाल, अखण्ड ५ नम्वर प्रदेश दवाव अभियानका संयोजक बिष्णु पौडेल संघका महासचिव हरि प्रसाद अर्याल लगायतले बोल्नु भएको थियो ।
दुबै ¥यालीका सहभागि व्यवसायीहरुलेबजारका बिभिन्न भागको परिक्रमा गरेका थिए । ¥याली पछीको सभामा व्यवसायीहरुले पहाड र तराई मिले बनेको ५ नम्वर प्रदेशलाई विभाजन गरीए महिनौसम्म व्यवसाय बन्द गरेर पनि आन्दोलनमा उत्रने बताएका थिए । उनीहरुलेबिरोध प्रर्दशनका क्रममा हिजो बुटवलमा तोडफोड समेत भएकोप्रति दुख व्यक्त गर्दै आन्दोलनको नेतृत्व र संयोजन गर्नप्रमुख राजनीतिक दललाइ आग्रह गरेका थिए ।
यसैको बिरोधमा बुटवलमा बिद्यार्थी तथा युवाहरुलेअहिले पनि बुटवलमा प्रर्दशन गरीरहेका छन । युवा बिद्यार्थीहरुले ५ नम्वर प्रदेशको सम्वन्धमा व्यग्यात्मक जनमत संग्रह पनि गरेका छन । आजै बुटवलमा प्रमुख दलका नेताको उपस्थितिमा बिरोध सभा हुदै छ ।
सभामा एमाले उपाध्यक्ष बामदेव गौतम, उपमहासचिव बिष्णु पौडेल, माओवादी केन्द्र संसदीय दलका उपनेता टोप बहादुर रायमाझि, काग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।