संशोधन प्रस्ताव फिर्ता लिन कांग्रेस नगर समितिको आग्रह

1.3K

संशोधन प्रस्ताव फिर्ता लिन कांग्रेस नगर समितिको आग्रह

congressssssबुटवल, १७ मंसिर । नेपाली कांग्रेस तिलोत्तमा नगर समितिको आज बसेको आकस्मिक बैठकले ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला अलग गर्ने गरी सरकारले संसदमा पेश गरेको संबिधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

नगर सभापति हरिलाल पाण्डेको अध्यक्षतामा बसेको बैठकले ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला अलग गर्नेउल्लेख भएकोमा त्यसले सदियौदेखि आत्मियता र भावनात्मक रुपमा एकाकार भएर बसेको भुगोल र आत्मियता माथि कठोर अन्याय भएको ठहर गरेको छ ।

बैठकले संशोधन प्रस्तावको बिरोधमा आज मंसिर १७ गते कोटीहवा र भोली मंसिर १८ गतेमणिग्राममा बिरोध सभा आयोजना गर्ने निणर्य गरेको सचिव राम बहादुर थापाले जानकारी दिनु भयो ।

बैठकले सरकारले संशोधन प्रस्ताव फिर्ता नलिदासम्म बिरोधका कार्यक्रमलाई निरन्तरता दिने पनि निणर्य गरेको छ ।