सिमांकन हेरफेरको प्रस्ताव फिर्ता लिन आग्रह

1.3K

सिमांकन हेरफेरको प्रस्ताव फिर्ता लिन आग्रह

letter-pad

बुटवल, १७ मंसिर । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बुटवलले प्रदेश नं. ५ को सिमांकन हेरफेर गर्न गरिएको प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

सिमांकन हेरफेरको प्रस्तावपछि यस क्षेत्रमा स्वस्फूर्त आन्दोलन शुरु भएको भन्दै लुम्बिनीबासीलाई विभाजन नगर्न आज विज्ञप्ति प्रकाशित गरी आग्रह गरेको छ । संगठनका महासचिव सिताराम रसाईलीले जारी गरेको विज्ञप्तिमा आन्दोलन हिंसात्मक हुने संकेत देखिएको भन्दै चिन्ता ब्यक्त गरिएको छ ।

जनभावना अनुसार प्रदेशको सिमांकन हेरफेर गर्न नहुने भन्दै त्यसो गरिए लुम्बिनीबासीको सद्भाव खल्बलिने उल्लेख गरिएको छ । संभावित हिंसात्मक आन्दोलन हुन नदिन सिमांकन हेरफेरको प्रस्ताव फिर्ता लिन पनि संगठनले आग्रह गरेको छ ।