
बुटवल, १७ मंसिर । प्रदेश नम्बर ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि रुपन्देहीमा सुरु भएको आन्दोलन यथावत रहेको बताइएको छ ।
अखण्ड ५ नम्बर प्रदेशको माग गदै आएको अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनी र एमालेको भातृ संगठन अखिलले आन्दोलनका कार्यक्रम जारी रहेको जनाएका छन् । आज सांझ ५ बजे देखि भोलि विहान ६ बजे सम्मको लागि बन्द स्थगित रहेको अखण्ड ५ नम्बर प्रदेश दवाव अभियान लुम्बिनीका संयोजक विष्णु पोख्रेलले जानकारी गराउनुभयो ।
त्यस्तै अखिलका रुपन्देही अध्यक्ष बालकृष्ण पाण्डेले आन्दोलनलाई सयमित बनाउन सबैलाई आग्रह गदै अनिश्चितकालिन रुपन्देही बन्द यथावत रहेको जानकारी गराउनुभयो ।
मंगलबार सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि रुपन्देहीमा दैनिक प्रदर्शन हुदै आएको छ । आज विहान बुटवलमा विभिन्न पेशागत संघ÷संस्थाले वृहत जनप्रदर्शन गरेका थिए भने दिउसो पनि राजनीतिक दलको आग्रहमा प्रदर्शन गरिएको थियो ।
उक्त सभालाई कांग्रेस, एमाले र माओवादीका यस क्षेत्रबाट केन्द्रमा नेतृत् वगर्ने नेताहरुले संबोधन गरेका थिए । संबोधनको क्रममा आन्दोलनलाई सयमित बनाउदै दवाव सिर्जन ागर्न अपिल गरेका थिए । आज साझ ५ बजे पछि यातायातका साधन चलेका थिए भने पसलहरु प्नि छिटपुट खुलेका थिए ।